ADVERTISING

Breaking News

सक्रिय बन्दै गौतम, चेक बाउन्स र अबैध गाँजा नियन्त्रण पहिलो प्राथमिकता

काठमाडौ ।काठमाडौ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतमले मकवानपुरमा ‘चेक वाउन्स’को घटना बढेको बताएका छन् ।एसपी गौतमले पछिल्लो केहि समयबाट चेक वाउन्सको घटना बढेकोले अनुसन्धानको लागि छुट्टै युनिटनै खडा गरेर काम गर्नुपर्ने अवस्थाको सृजना भएको बताए । मकवानपुर प्रहरी प्रमुख गौतमले आधा दर्जनबढी चेक वाउन्सका घटना आईसकेको बताए ।
गौतमले मकवानपुरमा साईबर क्राईमका घटनाहरुपनि बढेको आफुले जानकारी पाएको बताए । उनले भने ‘म आएको तीन दिनमा यहाँ साईबरसँग जोडिएको तीन–चार अपराधका घटनाहरु दर्ता भएको छ, यो पनि ठुलो समस्याको रुपमा रहेको पाईयो ।’ पत्रकार सम्मेलनमा बोल्दै एसपी गौतमले मकवानपुरमो ठुलो समस्याको रुपमा रहेको लागुऔषध गाँजा खेती अझ बढेको बताउँदै गाँजा खेतीलाई निरुत्साहित गर्दै अन्य नगदेवालीतर्फ आकर्षण गर्नुपर्नेमा प्रभावित क्षेत्रका स्थानीय तहसँग मिलेर काम गर्ने योजना आफुहरुले बताएको गौतमको भनाई छ । लागु औषध नियन्त्रण संगै प्रदेशको राजधानी भएकोले सुरक्षा ब्यवस्थालाई पनि थप चुस्तदुरुस्त बनाउने गौतमले बताए ।

leave a reply