ADVERTISING

Breaking News

सन्दीप बीबीएलको ड्राफ्टमा

काठमाडौं : नेपाली कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग ‘बीबीएल’ को १२ औं संस्करणको ड्राफ्टमा परेका छन् ।

बीबीएलले आज आफ्नो सामाजिक संजालबात सन्दीप ड्राफ्टमा रहेको जानकारी दिएको छ ।

बीबीएलका अनुसार सन्दीप रिटेनको लागि पनि उपलब्ध रहेका छन् । बीबीएलको इतिहासमै पहिलो पटक आगामी भदौ १४ गते ड्राफ्ट हुनेछ ।

सन्दीपले यस अघिका चार संस्करणको बीबीएल खेलिसकेका छन् ।

उनले पहिलो दुई संस्करण सन्दीपले मेलवर्न स्टार र पछिल्ला दुई वर्ष होर्बाट हरिकेन्सवाट बीबीएल खेलेका हुन् ।

leave a reply