ADVERTISING

Breaking News

गठबन्धन तोडेर आए दाहाल र नेपालसँग एकता हुन सक्छ: ओली

शर्मालाई अर्थमन्त्री बनाए गठबन्धनले निर्लज्जता प्रकट गरेको टिप्पणी,

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरी अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन । तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भिषण हमला भएको बताएका हुन । भ्रष्टचारको केशमा मुछिएका शर्मालाई लाजसरम नमानी अर्थमन्त्री फेरी बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरु कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको जिकीर समेत गरे ।
अध्यक्ष ओलीले दाहाल, माधव नेपालहरुप्रति संकेत गर्दै काँग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरुसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्ने दोहो¥याए । देश र जनताको विरुद्धमा नगएकाहरुबीच पार्टी एकतावद्ध भएर मुलुकलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष ओलीले नेकपा मालेका महासचिव सिपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वान समेत गरे । दुष्टहरुले चुनावी तालमेलको कुरा गरिरहेको भन्दै अध्यक्ष ओलीले आफूहरु भने पार्टी एकतानै गरेर अघि बढनुपर्ने प्रस्ताव गरेका हुन ।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुलाई देशद्रोहीको संज्ञा दिँदै नेपाली जनताले आगामी निर्वाचनमा सचेतनतापूर्वक आफ्नो पार्टीलाई विजयी गराउने विश्वास समेत व्यक्त गरे ।

leave a reply