ADVERTISING

Breaking News

महिला साफ च्याम्पियनसीपका लागि दोस्रो चरणमा ३५ खेलाडी छनोट

काठमाडौ । नेपालमा लगातार दोस्रो पटक आयोजना हुने महिला साफ च्याम्पियनसीपका लागि मुख्य प्रशिक्षक कुमार थापाले दोस्रो चरणमा ३५ खेलाडी छनोट गरेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको नियुक्तिसँगै ५८ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थापाले आज ३५ खेलाडीलाई दोस्रो चरणका लागि छनोट गरेका हुन् । अन्तिम छनोटमा २३ सदस्यीय खेलाडी घोषणा हुने एन्फाले जनाएको छ । साफ च्याम्पियनसीप १३ देखि २५ भदौसम्म दशरथ रंगशालामा हुँदैछ । साफ च्याम्पियनसीपको पाँचौँ संस्करण समाप्त हुँदा नेपाल उपाधिविहीन छ । नेपालले चार पटक फाइनल खेलेको छ भने एक पटक सेमिफाइनलवाट बाहिरिएको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल सहज मानिएको ’बी’ रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ । यस्तै समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।नेपालले भदौ १३ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

leave a reply