ADVERTISING

Breaking News

अमेरिका केन्टकीमा बाढी : हालसम्म ३७ जनाको मृत्यु

एजेन्सी : अमेरिकाको पूर्वी राज्य केन्टकीमा भीषण वर्षापछि आएको बाढीका कारण ३७ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा कम्तीमा पनि छ जना बालबालिका रहेका छन् ।

बाढीमा परेर एक सयभन्दा धेरै बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी रहेको छ ।

केन्टकीका गभर्नर एन्डी बेसियरले बाढीमा परेर ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताएका छन् ।

कयौँ घर तथा भवनहरु डुबानमा परेका छन् । १२ हजारभन्दा बढी घरमा बिजुली बत्तीको आपूर्ति ठप्प भएको छ । सडक, पुल र अन्य पूर्वाधारमा भएका क्षतिको मर्मत गर्ने काम भइरहेको बताइएको छ । कम्तीमा तीन सय जना विभिन्न आश्रयमा बसेका छन् ।

पानी परिरहेकाले बाढीमा फसेकाहरुको उद्धार गर्न र उनीहरुलाई अत्यावश्य वस्तु उपलब्ध गराउन कठिनाइ भएको छ । बाढी प्रभावित क्षेत्रमा थप वर्षा हुने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

leave a reply