ADVERTISING

Breaking News

कोरोना संक्रमणको रफ्तार बढ्दै, स्वास्थ्य सतकर्ता अपनाउन सुझाव

काठमाडौं : नेपालमा कोरोना संक्रमणको रफ्तार बढ्दै गएको भन्दै विज्ञहरुले स्वास्थ्य सतकर्ता अपनाउन सुझाव दिएका छन् ।

साउन यता देशभर करिव आठ हजार संक्रमित थपिएका छन् । संक्रमण दर पनि ४ प्रतिशतवाट बढेर १५ प्रतिशतसम्म पुगेको छ ।

दुई हप्तामा कोरोनाबाट १६ जनाको मृत्यु भैसकेको छ । मृत्यु हुनेमा धेरैजसो ज्येष्ठ नागरिक र खोप नलगाएकाहरु रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३२ जना आईसीयूमा र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् ।

संक्रमित बढदै गएपछि सरकारले सोमबार मात्रै संक्रमणको मध्यम अवस्था र गम्भीर अवस्था भएका बिरामीहरूका लागि निःशुल्क उपचारका लागि १७ अस्पताल तोकेको छ । संक्रमितको संख्या काठमाडौं उपत्यकामा धेरै रहेको छ ।

चाडबाड नजिकिएसँगै संक्रमण बढ्दै जानसक्ने भएकाले सजगता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । त्यस्तै मास्क र कोरोनाविरुद्धको खोप अनिवार्य लगाउन पनि उनीहरुको सुझाव छ ।

जनस्वास्थ्यका मापदण्ड पालना गरे संक्रमणबाट बच्न र बचाउन सकिने स्वास्थ्यकर्मीको भनाइ छ ।

अहिलेसम्म नेपालमा ४ करोड ९४ लाख २५ हजार १ सय १३ मात्रा खोप लगाइएको छ ।

त्यसमध्ये २ करोड १५ लाख ५६ हजार ९१ जनाले एक मात्रा, २ करोड ५ लाख ९२ हजार १ सय जनाले पूर्ण मात्रा र ७२ लाख ७६ हजार ९ सय २२ जनाले अतिरिक्त मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

leave a reply