ADVERTISING

Breaking News

ललितपुरमा क्विक रेस्पोन्सको लागि ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा

काठमाडौ । ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ । नगर प्रहरीले एक कार्यक्रम आयोजना गरेर ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जानकारी गराएको हो । महानगरवासीका समस्या तत्काल समाधान गर्न विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जनाएको छ । कार्यक्रममा प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा खरिद गर्ने सबै सवारी साधन विद्युतीय हुने बताए ।
पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्डविपरीत राखिएका अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड हटाउन र कारबाही गर्न स्कुटरसहित टोली परिचालित हुने उनको भनाई थियो ।

leave a reply