काठमाडौं : न्यायाधीशलाई दुई करोड रुपैयाँको घुस अफर गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई सातदिने स्पष्टीकरण सोधिएको छ ।
नेपाल कानुन व्यवसायी परिषद्ले आज सार्वजनिक सूचना निकालेको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रलोभन देखाएका अधिवक्ता पोखरेललाई साथ दिनभित्र जवाफ पेस गर्न परिषद्ले आज सार्वजनिक सूचना निकालेको हो ।
सात दिनभित्र जवाफ पेस नगरे कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि परिषद्ले दिएको छ ।
सहकारी ठगी मुद्दा खेपिरहेका इच्छाराज तामाङलाई १० करोड धरौटीमा छुटाउनेबारे न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको मोलमोलाइको अडियो सार्वजनिक भएको थियो ।