ADVERTISING

Breaking News

निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म प्रतिनिधिसभाको कार्यकाल रहने सभामुख सापकोटाको दाबी 

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताएका छन् । सोमवार सिंहदरबारमा पत्रकारहरुसँगको भेटमा सभामुख सापकोटाले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, लगायतका सँग छलफल गरेको र सबैको बुझाइ एउटै भएको बताएका हुन् ।
सभामुख सापकोटाले सरकारले दर्ता गराएको संवैधानिक परिषद सम्बन्धी विधेयकबारे भने अहिले चर्चा गर्न आवश्यक नभएको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दर्ता गराएको संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ को आलोचना भइरहेको बेला सभामुख सापकोटले भने चर्चा गर्न आवश्यक नभएको बताएका हुन् ।

leave a reply