ADVERTISING

Breaking News

चाईनिज सुपर लिग आजदेखि डिस होममा हेर्न पाइने

काठमाडौं : चाईनिज सुपर लिग ‘सीएसएल’ फुटबल आजदेखि नेपाली दर्शकहरुले डिस होममा हेर्न पाउने भएका छन् ।

डिस होमले एक्सन स्पोर्टस् च्यानलमा खेल हेर्न पाउने व्यवस्था मिलाएको हो । आइतबार डालिन प्रो र सान्दोङ टाईसान विचको खेल प्रदर्शन हुनेछ ।

त्यस्तै ‘सीएसएल’मा सोमबार सेन्जेन र बेईजिङ तथा मंगलबार साङ्घाई स्पोर्टससँग उहान थ्रि टाउनले प्रतिस्पर्धा गर्नेछ । चार चरणमा विभाजन गरि खेलाईएकोे लिगमा क्रमशः १०, ८, ८ र ८ राउन्ड खेल हुनेछ ।

आइतबारदेखि पहिलो चरणको १० औं राउण्डको खेलहरु एक्सन स्पोर्टस्ले प्रशारण गर्न लागेको हो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकप, युरोपियन लिग, लगाएत अन्य लिगहरु रुचाउँदै आएको नेपाली फुटबल प्रेमी दर्शकलाई ‘सीएसएल’ नयाँ फुटबल हुने अपेक्षा डिस होमको छ ।

‘सीएसएल’ मा ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन् ।

leave a reply