एजेन्सी : आगामी वर्ष आइभरी कोस्टमा हुने तय भएको अफ्रिकन कप अफ नेसन्स एक वर्ष पछि सरेको छ ।
प्रतिकुल मौसमका कारण प्रतियोगिता सन् २०२४ सम्मका लागि सारिएको कन्फेडेरेसन अफ अफ्रिकी फुटबल ‘काफ’ले जानकारी दिएको हो ।
यस अघि प्रतियोगिता २०२३ को जुन र जुलाईमा हुने तालिका भएको थियो । पूर्व निर्धारित समयमा आइभरी कोस्टमा वर्षाको समय हुने भएकाले प्रतियोगिता सारिएको हो ।
अब प्रतियोगिता २०२४ को जनवरी र फेब्रुअरीमा आयोजना हुनेछ । क्यामरुनमा भएको अघिल्लो संस्करणको उपाधि इजिप्टलाई हराउदै सेनेगलले जितेको थियो ।