ADVERTISING

Breaking News

एसपीपीसम्वन्धी सम्पूर्ण पत्र सार्वजनिक गर्न एमालेको माग

बजेट निर्माणमा अनधिकृत व्यक्ति सामेल भएको विषयबारे सत्यतथ्य बाहिर ल्याउन दबाब

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएको छ । संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले बजेट निर्माणका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन । प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा सो कुरा उठाउने तर अर्थमन्त्रीले होईन भनेपछि छानवीन नगर्ने कुराले संसदलाई कमजोर बनाउने उपनेता नेम्वाङको भनाई थियो ।
नेता नेम्बाङले अर्थ मन्त्रालयको फुटेज हेरेपछि बजेट निर्माणमा अनाधिकृत मान्छे अर्थमन्त्री शर्माले सामेल गराएको हो, होईन ? यथार्थ कुरा बाहिर आउने पनि दाबी गरे । उपनेता नेम्वाङले अमेरिकासँगको एसपीपी कसले अघि बढाएको भन्ने विषयमा विवाद भएपछि सरकारले त्यसलाई छानवीन गरेर तथ्य बाहिर ल्याउन ढिलाई गर्न नहुने पनि बताए ।

leave a reply