काठमाडौं : नेपालले महिला साफ च्याम्पियनसिप काठमाडौंमा आयोजना गर्न दक्षिण एसियाली फुटबल महासंघ साफको कंग्रेसमा औपचारिक प्रस्ताव गर्ने भएको छ ।
बंगलादेशको ढाकामा शनिबार हुने साफको कंग्रेसमा नेपालले महिला साफ आयोजनाका लागि औपचारिक प्रस्ताव गर्ने भएको हो ।
साफको कंग्रेसमा भाग लिन नेपालबाट एन्फा महासचिव राई, न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशी र एन्फाका पूर्व सदस्य विकास नारायण श्रेष्ठ आज ढाका जाँदैछन् ।
यसअघि पनि साफ बैठकले नै नेपाललाई प्रतियोगिता अयोजना गर्नका लागि प्रस्ताव गरेको थियो ।
अगस्ट १२ देखि २४ सम्म महिला साफ नेपालमा गर्न साफ बैठकले प्रस्ताव गरेको थियो ।
नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ विराटनगरमा गरेको थियो । प्रतियोगिताको उपाधि नेपाललाई हराउदै भारतले जितेको थियो ।