ADVERTISING

Breaking News

मन्त्रीहरुले समयमै काम गर्न नसकेको सांसदहरुको आरोप, मन्त्रीहरु भन्छन– अर्थमन्त्रालयले बजेट नै दिएन

काठमाडौ । सांसद योगेश भट्टराईले विद्यार्थीका लागि पुस्तक उपलब्ध गराउन नसकेको भन्दै शिक्षा मन्त्रीको आलोचना गरेका छन् । आईतवारको प्रतिनिधिसभा बैठकमा सांसद भट्टराईले मन्त्रीले १५ दिनमै पाठ्यपुस्तक पु¥याउने प्रतिवद्धता जनाएपनि अहिलेसम्म ३० प्रतिशत भन्दा बढी पाठ्यपुस्तक विद्यालयमा पु¥याउने काम नभएको बताए ।
सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेद्वार बनाउन सरकारसँग माग गरिन् ।
सांसद प्रमोद साहले नागरिकता विधेयक पारित गर्ने सन्दर्भमा राज्य र सांसदहरु गैरजिम्मेवार भएको आरोप लगाए ।सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताइन् ।
महिला सांसदहरुले महिलाहरुको प्रतिनिधित्व बढाउनका लागि छुट्टै निर्वाचन क्षेत्र बनाउन माग गरेका थिए ।।

संसद शून्य समय

प्रतिनिधिसभा बैठकमा बोल्ने अधिकांश सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव छानविनका लागि समितिमा पठाउन माग गरे ।
सांसद अमृता थापाले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गरिन् ।
सांसद आशाकुमारी विकले बझाङमा गत कात्तिक ३० गते गएको पहिरो र बाढीका कारण ११ सय घर परिवार विस्थापित भएको तर अझै क्षतिपूर्ति नपाएको गुनासो गरिन् ।
सांसद इन्दुकुमारी शर्माले नागरिकता विधेयक पास नहुँदा कतिपय नागरिकले देशभित्रै अनागरिक सरह कष्टकर जीवन बाँच्नुपरेको भन्दै चालु अधिवेशनमै नागरिकता विधेयक पारित गर्न माग गरिन् ।
कतिपय सांसदले सरकारले सुशासनको प्रत्याभुति हुने गरी काम गर्न नसकेको आरोप लगाएका थिए ।

leave a reply