ADVERTISING

Breaking News

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा हुने बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक २०७९ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, गृहमन्त्री खाँणले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले ’बिरूवा संरक्षण पहिलो संशोधन विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

मन्त्री यादवले ’बिउ बिजन दोस्रो संशोधन विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

leave a reply