ADVERTISING

Breaking News

सम्पर्कविहीन विमान मानापाथी हिमालको फेदीमा रहेको स्थानीयको सुचना पछि सैनिक टोली त्यसतर्फ जाँदै

काठमाडौ । तारा एयरको सम्पर्कविहीन विमान मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको भेटिएको छ । स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जनाएका छन् ।

स्थानीयले खबर गरेपछि जमिनबाट सैनिक टोली त्यसतर्फ केन्द्रित गराइए पनि त्यहाँ पुग्न तीन-चार घन्टा लाग्ने उनले बताएका छन् ।
योबाहेक अरू ठाउँमा पनि जहाजको खोजी भइरहेको छ। न्याउरेकोट, कोवाङ, लेते, धोडेपानी र टिटितालमा खोजी जारी राखिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

तारा एयरको विमान बिहान ९:५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको जहाज १०:७ बजे सम्पर्कविहीन भएको थियो।

leave a reply