काठमाडौ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएका छन्। २५ वर्षका चौधरीले जनता समाजवादी पार्टीका सत्यनारायण यादवलाई हराएर निर्वाचित भएका हुन्। चौधरीले २८९५ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी जसपाका यादवले १७६६ प्राप्त गरे । राजनीति शास्त्रमा स्नातक गरेका चौधरी अहिले एलएलबी अध्ययनरत् छन्।
२५ वर्षका विद्यानन्द बने गाउँपालिका अध्यक्ष
