ADVERTISING

Breaking News

५ सय ५० पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, कांग्रेस अग्रस्थानमा

काठमाडौ । स्थानीय तह निर्वाचन अन्तर्गत ७ सय ५३ पालिका मध्ये हालसम्म ५ सय ५० पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्विरोध र निर्वाचित गरी नेपाली कांग्रेसले ८३ नगरपालिका र १६२ गाउँपालिका गरी २४५ स्थानीय तहमा जित हासिल गरेको छ । यस्तै नेकपा एमालेले ५१ नगरपालिका र १०६ गाउँपालिका गरी १५७ स्थानीय तह जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १६ नगरपालिका र ८६ गाउँपालिकासहित १०२ स्थानीय तहको प्रमुख जितेको छ । नेकपा एकीकृत समाजवादीले ५ नगरपालिका र ६ गाउँपालिका गरी ११ स्थानीय तहमा जित हासिल गरेको छ । जनता समाजवादी पार्टीले १४ स्थानीय तहमा जित हासिल गरेको छ । यस्तै, स्वतन्त्र तथा अन्य दलका उम्मेदवारले ९ नगरपालिका र १७ गाउँपालिकामा विजयी हासिल गरेका छन् ।

leave a reply