ADVERTISING

Breaking News

काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले हाले भोट

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले भोट हालेका छन्। उनले गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कूलमा भोट हालेका हुन्। उनी काठमाडौँ महानगरपालिका – ९ का स्थानीय बासिन्दा हुन्। उनले भोट हाल्ने मतदानस्थलमा ६०६ जना मतदाता रहेका छन्। बालेन शाहको चुनाव चिन्ह लौरो हो।

leave a reply