ADVERTISING

Breaking News

आईपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सको जित

एजेन्सी । कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ । गएराति भएको खेलमा कोलकत्ताले मुम्बई इण्डियन्सलाई ५२ रनले हराएको हो । कोलकत्ताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो । मुम्बईका इशान किशनले ५१, टिम डाभिडले १३, रमनदिप सिंहले १२, केइरन पोलार्डले १५ रन जोडे । कोलकत्ताका प्याट कमिन्सले तीन तथा आन्द्रे रसेलले दुई विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो । कोलकत्ताका लागि नितिश राना र भेन्काटेस एयरले समान ४३ /४३ रन जोडे । अजिन्का रहानेले २५ तथा रिन्कु सिंहले अविजित २३ रन बनाए । मुम्बईका जस्प्रित बुम्राहले ५ तथा कुमार कार्तिकेयाले २ विकेट लिए । जितसँगै १२ खेल १० अंक जोडेर कोलकत्ता सातौं स्थान रहेको छ । मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ ।

leave a reply