ADVERTISING

Breaking News

माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदै

पदाधिकारी चयन नगरी केन्द्रीय समिति घोषणा गर्ने तयारी

नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रिया आज सुरु हुँदैछ । काठमाडौंको कमलादीमा जारी महाधिवेशनमा अध्यक्ष प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएपछि दिउँसो निर्वाचन प्रक्रिया अघि बढने भएको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समिति मात्रै घोषणा गर्ने मनस्थितिमा रहेका छन । अध्यक्षले जवाफ दिएपछि महाधिवेशनस्थलमै बस्ने स्थायी समितिले केन्द्रीय सदस्यको नाम चयन गर्नेछ । क्षेत्रगत प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा रहने नेता चयन गर्न देव गुरुङको नेतृत्वमा विष्णुपुकार श्रेष्ठ, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र जनार्दन शर्मा सम्मिलित समिति बनाइएको छ । माओवादी केन्द्रको विधानअनुसार महाधिवेशनबाट सुरुमा केन्द्रीय सदस्य मात्र चुनिनेछन् । पछि तिनै सदस्यमध्येबाट अध्यक्षसहित पदाधिकारी चयन गरिनेछ । माओवादी केन्द्रमा अध्यक्ष र उपाध्यक्ष चयनमा खासै विवाद नभए पनि महासचिवलाई लिएर चर्को विवाद छ । अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा हाल स्थायी समितिमा रहेका वरिष्ठ नेतालाई समेटने तयारी छ । महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसालले दाबी गरेका छन । माओवादी केन्द्रको नयाँ केन्द्रीय कमिटी १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय हुनेछ । दश प्रतिशत सदस्य मनोनित गर्न पाउने व्यवस्था छ ।

leave a reply