ADVERTISING

Breaking News

सेन्ट्रल जोन भलिबल महिलातर्फको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिडदै

बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन भलिबल अन्र्तगत महिला तर्फको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाल र उज्वेकिस्तानबीचको खेल सवा एघार बजे सुरु भएको हो । साविक विजेता नेपाल आज उज्वेकिस्तानलाई हराएर उपाधि जित्ने योजनामा रहेको छ । जारी प्रतियोगितामा नेपाल अपराजित रहेको छ । नेपाल अपराजित रहदै च्याम्पियन बन्ने दाउमा समेत रहेको छ । छनौट चरणमा नेपाले उज्वेकिस्तानलाई तीन शुन्यको सोझो सेटमा हराएको थियो । नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । उज्वेकिस्तान दोस्रो स्थानमा रहदै नेपालसँगको भेट पक्का गरेको हो ।

leave a reply