ADVERTISING

Breaking News

कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा बीरबहादुर बलायर विजयी

काठमाडौ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बीरबहादुर बलायर विजयी भएका छन् । यसैगरी उपसभापतिमा सोही समूहका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने पनि विजयी भएका छन् । यसअघि देउवा नजिक रहेका मिश्रले सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि भने इतर पक्षबाट सभापतिमा उम्मेदवारी दिएका थिए । समूह सहित उम्मेदवारी दिएका मिश्र पक्षका सबै पदाधिकारी पराजित भएका छन् ।

leave a reply