ADVERTISING

Breaking News

सर्लाहीमा दुई सन्तानसहित मृत अवस्थामा भेटिइन् महिला

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् । बरहथवा–१ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया पत्नी कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । कविताका ४ बर्षीय छोरा र ६ वर्षीया छोरी आमा झुण्डिए नजिकै तल भुइँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक महिलाका श्रीमान् विगत चार बर्षदेखि वैदेशिक रोजगारीका शिलशिलामा मलेसियामा छन् । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको छ ।

leave a reply