ADVERTISING

Breaking News

प्रधानमन्त्रीले बाह्य लगानीमा सञ्चालित टेलिभिजन उद्घाटन गर्नु कानुन विपरित: ज्ञवाली

काठमाडौ । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीेले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी गरेका छन् । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले नेपालले सञ्चार माध्यामहरुमा बाह्य लगानी निषेध गरेको अवस्थामा टेलिभिजन च्यानलहरु उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरेका छन् । उनले सो च्यानलहरु नेपालको कानुन विपरित राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको समेत बताए ।
प्रवक्ता ज्ञवालीले कानुनसम्मत, विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने आफूहरुले सधैं स्वागत गर्ने स्पष्ट पारे । उनले पार्टीको दशौं महाधिवेशनमा नेताहरुको व्यवस्थापनका लागि विधान संशोधन गर्ने सम्भावना नरहेको पनि बताए ।
प्रवक्ता ज्ञवालीले विधानको परिधिभित्र रहेर योग्यभन्दा योग्य नेतालाई नेतृत्वमा चयन गर्ने बताए ।

leave a reply