ADVERTISING

Breaking News

देउवा सेटिङमा प्रधानमन्त्री भएका होइनन्: पौडेल

काठमाडौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा प्रधानमन्त्री सेटिङमा नभएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले देउवा सेटिङमा प्रधानमन्त्री भएको कुुरा आफूले नमान्ने बताएका हुन । एमाले अध्यक्ष ओलीले पटक पटक संसद विघटन गरी सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि अदालतले संविधानको ब्याख्या गर्दै जाँदा देउवालाई प्रधानमन्त्री बनाएको पौडेलको भनाइ छ ।

नेता पौडेलले न्यायपालिकामा देखिएको समस्याको विषयमा पार्टीको धारणा आउनु पर्ने पनि उल्लेख गरे । पार्टीभित्र चाँडै छलफल गरेर पार्टीको धारणा बनाएर चाँडै न्यायपालिकामा देखिएको समस्या यसको समाधानका उपायहरूको विषयमा सार्वजनिक गरिने जानकारी समेत उनले दिए ।

leave a reply