ADVERTISING

Breaking News

बागमतीमा मुख्यमन्त्रीका लागि भोलि ३ बजेभित्र दावी गर्न आह्वान

काठमाडौ । बागमती प्रदेशमा मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गरिएको छ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलहरूबाट मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् ।
नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज दिएको राजीनामा स्वीकृत भएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिको बाटो खुलेको हो।विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई नयाँ मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन्।

leave a reply