काठमाडौ । प्रतिनिध सभाको बैठक अवरुद्ध भएको छ ।पार्टीले निष्कासन गरेका सांसदहरुलाई बैठकमा प्रवेश दिएको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको हो। एमालेले सभामुखले आसनमा बसेर एमाले फुटाएको आरोप लगाएको छ।नेकपा (एमाले) ले आफ्नो दल विभाजनको मतियार भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटासँग जवाफ मागेको छ ।
सभामुखले आफूले नियम अनुसारै गरेको र यो विषय अदालतमा विचाराधीन भएकाले संसदमा कुरा उठान नपाइने बताए । । सांसदहरुले सभामुखले फरक फरक व्यवहार गरेको भन्दै नाराबाजी गरिरहेका छन्।