ADVERTISING

Breaking News

साझा न्यूनतम कार्यक्रमले अराजकता सृजना गर्छ: डा. पुष्पराज कँडेल

काठमाडौ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले सत्तारुढ गठबन्धनले ल्याएको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमले देशमा अराजकता सृजना गर्ने बताएका छन् । पूर्व उपाध्यक्ष डा. कँडेलले संचारकर्मीसंग कुरा गर्दै साझा न्यूनतम कार्यक्रमले विकास निर्माणका काममा राज्यको भूमिकालाई न्युनिकरण गरेको बताए । पन्ध्रौँ योजनाको कतिपय कुराहरुलाई समेटेर संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम बनाइएको भएपनि पन्ध्रौँ योजनालाई कतै उल्लेख नगरिएकोमा कँडेलले असंतुष्टी जनाए ।

कँडेलले साझा न्यूनतम कार्यक्रम लय मिलेको दस्तावेज भन्दापनि विभिन्न किसिमका धारहरु जोडेर बनाइएको संयुक्त दस्तावेज जस्तो देखिएको टिप्पणी गरे । कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई पुर्नजिवित गर्ने कुरा प्राथमिकतामा नपरेको उनको भनाई थियो ।

leave a reply