ADVERTISING

Breaking News

भूमि आयोग विघटनविरूद्ध सर्वोच्चमा रिट

काठमाडौ । सर्वोच्च अदालतमा भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्ध रिट दायर भएको छ।आयोग विघटन संवैधानिक र कानुनी दुवै हिसाबले नमिल्ने तर्क गर्दै अधिवक्ता प्रवेश केसीले रिट दायर गरेका हुन्।

रिट निवेदन दर्ता भई साउन २५ गते पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। रिट निवेदनमा केसीले संविधानको धारा ३५ र ३६ मा आवास र दलितसम्बन्धी मौलिक हक रहेको र ती हकको उद्देश्य प्राप्त नहुँदै आयोग विघटन गर्न नमिल्ने तर्क गरेका छन्।

उनले कानुनबमोजिम भूमि आयोगका पदाधिकारी हटाउन मिल्ने तर आयोग नै विघटन गर्न नमिल्ने निवेदनमा उल्लेख गरेका छन्। सरकारले गत मंगलबार भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको थियो।

leave a reply