काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन्। प्रचण्डनिवास पुगेका प्रधानमन्त्री देउवाले सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका छन् । प्रधानमन्त्री देउवाले दाहालको स्वास्थ्य लाभको शुभकामनासमेत दिएका छन् ।
यसअघि मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । भेटमा सरकार सञ्चालन र गठबन्धनको साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको थियो ।
प्रचण्ड निवास पुगेर देउवाले गरे सीता दाहालको स्वास्थ्य लाभको कामना
