ADVERTISING

Breaking News

पेट्रेलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

काठमाडौ । पेट्रेलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोहन बैध निकट नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय बाहिर अखिल क्रान्तिकारीले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग सहित प्रदर्शन गरेको हो । पछिल्लो समय निषेधाज्ञाबिच निगमले धेरैपटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको उनीहरुको आरोप छ ।
निषेधाज्ञाको समयमा जीविकोपार्जन ठप्प रहेको बेला मूल्यवृद्धिले जनताको जनजिवन कष्ठकर बनेको उनीहरुको भनाई छ । असार २२ गते मंगलबार निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको थियो ।

leave a reply