ADVERTISING

Breaking News

साँझ पुनः बस्ने गरि एमालेको कार्यदल बैठक सकियो

काठमाडौ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन भएको नेकपा एमाले कार्यदलको बैठक केहीबेर बसेर सकिएको छ । निर्धारत समयभन्दा झण्डै एक घण्टा ढिलो गरी बसेको बैठक आन्तरिेक गृहकार्य गर्न भन्दै केहिबेर बसेर सकिएको हो । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा करिब आधा घण्टा बसेर आजै साँझ ७ बजे फेरि बस्ने गरी बैठक सकिएको हो । कार्यदलका एक जना सदस्यका अनुसार आन्तरिक तयारी गर्नुपर्ने भएकोले बैठक केहीबेर बसेर सकिएको र आजै साँझ ७ बजे पुन बस्ने जानकारी दिए । कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको थियो । कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएपछि बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । करिब २ महिनापछि भएको ओली र नेपालबीचको छलफललाई सकारात्मक रूपमा हेरिएको छ । यद्यपी उक्त छलफलमा नेताहरुबीच कुनै ठोस सहमति भने हुन सकेन । नेताहरुबीच सहमति हुन नसके पनि कार्यदलले भने छलफललाई निरन्तरता दिएको छ ।

leave a reply