ADVERTISING

Breaking News

संसद विघटन विरुद्धको मुद्दामा सरकार पक्षका १० जना वकिलले बहस गर्दै

विषय समय तोकियो

काठमाडौ । प्रतिनिधि समा विघटन सम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी वकिलहरुले बहस गर्ने छन् । सरकारी पक्षबाट महान्यायाधिवक्ता रमेश बडालसहित ११ जनाले बहस गर्ने छन् । महान्यायाधिवक्ता बडालले सोमबारै तीन घण्टाभन्दा बढी बहस गरेका थिए । आज नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेले दुई घण्टा बहस गर्नेछन । उनले राष्ट्रपतिले दुवैको दाबी अस्वीकार गर्न मिल्ने नमिल्ने सम्बन्धमा नेपालको संविधानमा भएका व्यवस्थाको विश्लेषण गर्नेछन् । साथै नेपालको संविधानको धारा ७६ को सरकार गठनमा ह्विप लाग्ने नलाग्ने र फ््लोर क्रससम्बन्धी अन्य देशको व्यवस्थाकोबारे व्याख्या गर्ने तयारी गरेक छन् । त्यसैगरी अर्का नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले राजनीतिक प्रश्न र न्याय निरुपणयोग्य मापदण्डको विषयमा २० मिनेट व्याख्या गर्नेछन । नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरले पनि २० मिनेट बहस गर्नेछन । उनले संविधानको धारा ७६ कोे ५ बमोजिमको सरकार गठनमा राजनीतिक दलको भूमिका र भएको अभ्यासको विश्लेषण गर्नेछन् । बहसमा नायब महान्यायाधविक्ता श्यामकुमार भट्टराई, सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, सञ्जीवरा रेग्मी, लोकराज पराजुली, खेमराज्ञ ज्ञवाली लगायतले पनि साथ दिनेछन् । सरकारी पक्षलाई बहसका लागि १५ घण्टाको समय दिइएको छ । मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ७ गते मध्यराति राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध परेको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा असार ९ गतेबाट निरन्तर बहस चलिरहेको छ ।

leave a reply