ADVERTISING

Breaking News

व्यवसाय गर्न दिने गरि उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौ । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ । निजी सवारी साधनलाई जोर–बिजोरअनुसार चल्न दिइने निर्णय उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले गरेको छ । ट्याक्सीहरूलाई पनि जोर–बिजोर लागू गरेर चलाउन दिइने भएको छ । निषेधाज्ञा थपिएसंगै आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय, घरायसी सामान बिक्री गर्ने सामग्री खोल्न दिइने छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ । खाद्यान्न, दूध, तरकारी , किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ । रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन् । निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ । सरकारी कार्यालय आलो–पालो गरी खुला गर्ने निर्णय भएको छ ।

leave a reply