ADVERTISING

Breaking News

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं – बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए । उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ ।

नेपालको पहिलो व्यवसायिक चलचित्र माईतीघरमा नमान लाज यसरी गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गाएका प्रधानले नेपाली चलचित्र जीवन रेखामा हाँसने रहरहरु आँसुमा डुबे लगायतका गीत गाएका थिए। उनको तारा मात्र होईन तिमीलाई जुन दाईजो दिईदिउँला, पर लैजाउ फूलहरु छोपिदेउ तारा जुन जस्ता अनगिन्ती गीत लोकप्रिय छन।

leave a reply