ADVERTISING

Breaking News

३ हजार बढि कोरोना संक्रमित थपिए, थप २८ जनाको मृत्यु

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ९ हजार २९२  नमुनाको पिसिआर परीक्षण र ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमश: ३ हजार ३२ जना र ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११३२ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कूल संक्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ।

देशभर २५२ जनाको आइसियु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। पछिल्लो २४ घण्टामा थप ४५० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ सय ६४ पुगेको छ ।

 

leave a reply