ADVERTISING

Breaking News

बाइडेनको शपथ ग्रहणमा खटिएका १५० सुरक्षाकर्मीमा कोरोना संक्रमण

एजेन्सी : अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणमा खटिएका १ सय ५० सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार बाइडेनको शपथ ग्रहणमा २५ हजारभन्दा बढी सेना सुरक्षामा खटिएका थिए ।

तिमध्ये १ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । जनवरी छ मा पूर्व राष्ट्रपति ट्रम्पका समर्थकले बाइडेनको जितलाई वैधानिकता प्रदान गर्ने समारोहमा आक्रमण भएपछि शपथमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

अमेरिका सबैभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको मुलुक हो । त्यहाँ हालसम्म २ करोड ९३ लाख ९० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाकै कारण ४ लाख २४ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

leave a reply