ADVERTISING

Breaking News

वुहानमा कोरोना भाइरसको महामारीबारे खबर लेख्ने पत्रकारलाई चार वर्षको जेल सजाय

चीनले वुहानमा कोरोना भाइरसको महामारीबारे खबर लेख्ने पत्रकारलाई चार वर्षको जेल सजाय सुनाएको छ । चिनियाँ पत्रकार तथा पूर्व वकिल जाङ्ग जानलाई स्थानीय अदालतले दोषी ठहर आज सोमबार चार वर्ष जेल सजाय तोकेको हो । पाँच वर्षको जेलसजाय माग गरिएको भए पनि अदालतले चार वर्षको सजाय तोकेको हो । सैतिस वर्षकी जान गत मे मा पक्राउ परेकी थिइन । उनी केही समय भोक हडतालमा समेत बसेकी थिइन । उनीमाथि गएको वर्षको नोभेम्बरमा लेख, भिडियोसहितका माध्यमबाट गलत समाचार फैलाएको आरोप लगाइएको छ । विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको आरोपपनि उनीमाथि लगाइएको छ । उनी फेब्रुअरीमा महामारीबारे रिपोर्टिङ्गका लागि वुहान गएकी थिइन् । उनले त्यहाँबाट महामारीबारे लाइभस्ट्रिमिङ्ग गर्ने तथा रिपोर्टिङ्ग गर्ने गरेकी थिइन् । वुहानबारे खबर लेख्ने धेरैलाई चीन सरकारले दुःख दिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

leave a reply