ADVERTISING

Breaking News

रोल्पाका विद्यार्थीलाई लागु औसध दुर्ब्यसनका बारेमा शिक्षा दिदै प्रहरी

रोल्पा:  रोल्पाका स्थानीय बिद्यालयका विद्यार्थीहरुलाइ प्रहरीले लागु औसधको दुर्ब्यसनका बारेमा चेतनामुलक शिक्षा दिन थालेको छ । पछिल्लो समयमा युवा पुस्ता त्यसमा पनि स्कुले विद्यार्थीहरु लागु औसधको दुर्ब्यसनमा लाग्ने क्रम बढन थालेपछि उनिहरु लाई समयमै सचेत बनाउनका लागी अडियो र भिडियोका माध्यम बाट सचेतनामुलुक शिक्षा दिन लागेको जानकारी ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए । उनले अगाडि भने माध्यमिक र उच्च शिक्षामा अध्यनरत विद्यार्थीलाई लागु औसधको दुर्ब्यसनका बारेमा चेतनामुलुक शिक्षा दिन सक्यो भने युवा पुस्तामा बढदो लागु औसधको दुर्ब्यसन तथा ओसारपसार कार्यलाई न्यूनीकरण गर्न सकिने बताए साथै उनले भने समाजमा बढदो विभिन्न खाले अपराध, हत्या हिंसाका घटना लाइ रोक्न र न्यूनीकरण गर्नका लागि उनीहरु लाइ सामाजिक संजालको प्रयोगमा हुने गरेको दुरुपयोग , साइबर क्राइम र कानुनी कार्बाहि तथा कानुनी उपचार र ट्राफिक नियमका बारेमा समेत सामान्य ज्ञान दिने गरेको बताए । यस प्रकारको सचेतनामुलक शिक्षालाई पहिलो चरणमा रुन्टिगढि गाउँपालिका भित्रका सबै माध्यमिक बिद्यालयहरुमा संचालन गरिने र दोस्रो चरणमा त्रिवेणि गाउँपालिकामा पनि बिस्तार गरिने निरीक्षक खड्काले बताए । रोल्पामा पछिल्लो समयमा लागुऔसधको दुर्ब्यसन तथा साइबर क्राइम सम्बन्धि घटनाहरुमा वृद्धि आउन थालेकाले प्रहरीका यस्ता प्रकारका अभियानले घटना रोकथाम र न्यूनीकरणमा सहयोग पुग्ने आसा पलाएको स्थानीयबासिले बताए छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाको एक तथ्यांक अनुसार पछिल्लो समयमा रोल्पामा हुने लागु औसध सेवन तथा ओसारपसारका घटनाहरुमा बालबालिकाको समेत सहभागीता र प्रयोग हुने गरेको बताइएको छ ।।

leave a reply