ADVERTISING

Breaking News

चोरीका बाइक सम्बन्धी सवारीधनीलाई हस्तान्तरण

काठमाडौ । महानगरीय ट्रााफिक प्रहरी महाशाखाले काठमाडौंको बिभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरु बरामद गरी सम्बन्धी सवारीधनीलाई बुझाएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चोरी भएका २४ मोटरसाइकल बरामद गरि सम्बन्धी सवारीधनीलाई बुझाएको हो । मोटरसाइकल चोरी गरी कारोबारमा संलग्न तथा प्रयोग गर्नेमाथि कडा निगरानी भएको र आगामी दिनमा यस अभियानलाई शसक्त बनाइने महाशाखाले जनाएको छ ।
चोरि भएका केहि मोटरसाइकल फरक नम्बर प्लेट राखेर प्रयोग गरिरहेको अवस्थामा बरामद भएको छ । यसैबिच महानगरीक ट्राफिक प्रहरी महाशाखामा प्रमुखका रुपमा प्रमुख वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्हालेका छन । महाशाखा प्रमुख प्रमुख वरिष्ठ उपरीक्षक भीम ढकाल प्रहरी प्रधान कार्यालयमा सरुवा भएपछि उनको ठाँउमा भट्टराई आएका हुन । कार्यक्रममा महाशाखले निष्ठापूर्वक काम गर्ने १९ जना ट्राफिक प्रहरीलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

leave a reply