ADVERTISING

Breaking News

प्रदेश २ सरकारद्धारा संघीय सरकार विरुद्ध सर्वोच्चमा मुद्धा दर्ता

काठमाडौ । संघीय सरकार विरुद्ध प्रदेश नम्बर दुईले सर्वोच्च अदालत गएको छ । संघीय सरकारले प्रदेशको क्षेत्राधिकार मिचेर नेपाल प्रहरीको विज्ञापन खुलाएको भन्दै प्रदेश नम्बर २ ले सर्वोच्च अदालतमा मुद्धा दर्ता गरेको हो । सरकारले प्रहरी भर्ना लिनका लागि विज्ञापन खुलाएपछि प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका तर्फबाट अधिवक्ता सुनिलकुमार चौहानले सर्वोच्चमा बिहीबार रिट दायर गरेका हुन् । रिटको पहिलो पेसी आगामी २६ कात्तिकका लागि तोकिएको छ ।

leave a reply