ADVERTISING

Breaking News

सरकार विरुद्ध माइतिघर मण्डलामा मैनबत्ति जुलुस र विरोध सभा

काठमाडौं:  नेपाली काँग्रेस वीपीले शुक्रबार सरकार विरुद्ध माइतिघर मण्डलामा मैनबत्ति जुलुस र विरोध सभा गरेको छ । सरकारका राष्ट्रघाती कदम, हत्या, हिंसा, बलात्कार, जनविरोधि गतिविधि विरुद्ध सो पार्टीले विरोध प्रदर्शन गरेको हो । कार्यक्रममा सहभागीहरुले सरकारका जनविरोधी क्रियाकलाप तथा भ्रष्टाचार र प्रमुख प्रतिपक्ष दलको मौनताको समेत विरोध जनाएका हुन । वीपी कांग्रेसले बलात्कार तथा हत्याका श्रृंखलाको अन्त्य गरी दोषिलाई हदै सम्मको कारबाही, सीमा विवाद समाधान, डा केसीसँगको सहमति कार्यान्वयन लगायतका माग राखेको छ ।

leave a reply