ADVERTISING

Breaking News

बंगलादेशमा सामूहिक बलात्कारमा संलग्न पाँच जनालाई मृत्युदण्ड

Bangladeshi photojournalists and social activists form a human chain in Dhaka on August 30, 2013, as they protest the recent gang-rape of a female colleague in Mumbai, India. The gang-rape reignited anger about women's safety in India following a similar attack last year. AFP PHOTO/Munir uz ZAMAN / AFP PHOTO / MUNIR UZ ZAMAN

एजेन्सी । बंगलादेशको विशेष अदालतले बिहीबार पाँच जनाविरुद्ध मृत्युदण्डको पैmसला सुनाएको छ । महिला तथा बालबालिकामाथि हुने दुव्र्यवहारका घटना सुल्झाउन गठित विशेष अदालतले उत्तरी जिल्ला टाङ्लिबाइमा सो फैसला सुनाएको हो । मृत्युदण्डको पैmसला सुनाइएकामा सन् २०१२ मा भएको सामूहिक बलात्कारको घटनामा संलग्न भएको अभियोग लागेका पाँच जना रहेका छन् । बंगलादेशमा बलात्कार र लैङ्गिक हिंसाका विरुद्धमा आवाज उठिरहेका समयमा अदालतले १५ वर्षीया बालिकामाथि भएको सामूहिक कलात्कारका दोषीहरुलाई मृत्युदण्डको फैसला सुनाएको हो । अभियोजनकर्ता नसिम अहमदका अनुसार पीडित बालिकाको केटा साथीले उनलाई खोला नजिकैको क्षेत्रमा लिएर गएका बेला उक्त हिंसा भएको थियो । जहाँ पीडितका साथी र अरु दुई जनाले बलात्कार गरेका थिए । यो घटनामा अन्य दुई जना युवकले पनि सघाएको बताइएको छ । यो घटनामा उनीहरु पाँचै जनालाई अदालतले दोषी रहेको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो । बंगलदेशमा बलात्कारको मुद्दामा मृत्युदण्डको व्यवस्था गरिएपछिको यो पहिलो फैसला हो । अपराधीलाई मृत्युदण्ड दिने अदालतको पैmसलाको अधिकारकर्मी तथा सर्वसाधारणले स्वागत गरेका छन् ।

leave a reply