ADVERTISING

Breaking News

संक्रमित संख्या बढ्दै जाँदा अस्पतालहरूमा शैयाको अभाव

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरूमा शैयाको अभाव हुँदै गएको जनाएको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती देखिएको जानकारी दिए । उनले यही स्तरमा संक्रमण दर बढिरहे उपत्यकाका अस्पतालहरूले भार थाम्न नसक्ने पनि बताए । डा. गौतमले संक्रमितको उपचार सरकारी र निजी दुवै अस्पतालहरूले गर्न आवश्यक रहेको पनि जानकारी दिए ।
प्रवक्ता गौतमले पछिल्लो समय चाडपर्व नजिकिँदै गर्दा बजारमा मानिसहरूको भीड देख्दा संक्रमणको बेवास्ता गरिएको जस्तो देखिएको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरे । जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा संक्रमण दर बढिरहेको भन्दै सतर्कताका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

leave a reply