काठमाडौ । बाह्रविसे नगरपालिका सात, नागपुजेमा थप एक जनाको शव फेला परेको छ । विहीबार विहान दश महिने बालीका रुपा विकको शव फेला परेसँगै मृतकको संख्या सो-ह पुगेको छ । पहिरोमा अझै पन्ध्र जना वेपत्ता रहेका छन । बुधबार अबेर गरी पहिरोस्थलमा बाह्रविसे नगरपालिकाको स्काभेटर पुगेपछि विहीबार विहान रुपाको शव फेला परेको प्रहरीले जनाएको छ । एक दिन लगाएर पहिरो स्थलमा एक्साभेटर पु-याइएको हो । शुक्रबार विहान पनि पहिरोस्थलमा खोजी कार्य जारी रहने बताइएको छ । पहिरो भोटेकोशी नदिसम्मै पुगेकोले बाँकीलाई नदीले बगाएको आशंका गरिएको छ । दुइजनाको शव भोटेकोशी नदिमै भेटीएकोले अन्यलाई पनि नदिले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ । यसअघि बाह्रविसे नगरपालिकाकै जम्बुमा आएको पहिरोमा पनि १७ जना बेपत्ता भएका थिए ।
बाह्रविसे पहिरो: थप एक जनाको शव फेला, मृतकको संख्या सो-ह पुग्यो
