ADVERTISING

Breaking News

उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण, काठमाडौंमा थप एक जनाको मृृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा थप एकजना पुरुषको मृृत्यु भएको छ । काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर २१ का कांग्रेस नेता गोविन्द रञ्जितको गएराति मृत्यु भएको हो । उनी आइतवार मात्रै अस्पताल भर्ना भएका थिए । १३ दिन अघिदेखि नै उनलाई ज्वरोखोकीको समस्या देखिएको थियो । परीक्षणका क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

leave a reply