ADVERTISING

Breaking News

बारामा थप ६५ जनामा कोरोना संक्रमण

बारा : बारामा आज थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिकाका ३६ जना, महागढिमाई नगरपालिकाका १७ जना, करैयामाई गाउँपालिकाका १० जना र कलैया उपमहानगरपालिकाका २ जना गरि एकैपटक थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

बारा जिल्लामा एकै पटक धेरै जनामा संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । यससँगै बारामा कोरोना संक्रमितको संख्या ३ सय ८८ पुगेको छ जसमध्य १ सय ५८ जनाको उपचार भईरहेको छ भने ३८ जना होम आइसोलेसनमा छन् । हाल सम्मा १ सय ९३ जना संक्रमुक्त भई घर फर्किएका छन । बारामा कोरोनावाट ७ जनाको मृत्यु भएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय बाराले हाल बारामा जिल्लाभर समुदाय स्थरमा कोरोना संक्रमण फैलिएका कारण भोलिबाट लागुहुनेगरी अनिश्चित समयको लागी निषेधाज्ञा थप गरिएको छ ।

निषेधआज्ञालाई थप कडाइका साथ लागुगरिने प्रशासन कार्यालयले जनाएको छ । परिस्थिति सुधार नभए कर्फ्यु समेत लगाउने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

leave a reply