तस्विर : नवीन श्रेष्ठ
काठमाडौं : राजधानीको असन क्षेत्रमा ट्राफिक प्रहरीले ‘नो पार्किङ’ लेखेको साइनबोर्ड राखेको छ । तर त्यही ‘नो पार्किङ’ साइनबोर्ड रखेकै ठाउँमा सवारी साधनकी पार्किङ भरिभराउ देखिन्छ ।
काठमाडौँ महानगरपालिकाले न्यूरोड, असन लगायत भित्री बस्तीहरूमा सवारी आवागमन नै निषेध गरेको छ । तर नागरिकहरु नै अटेर गरी सवारी साधन निर्वाधरुपमा प्रवेश गराउँछन् र अनाधिकृत पार्किङ गर्ने गर्छन् ।