ADVERTISING

Breaking News

एनसेलको नयाँ अफर

काठमाडौं : एनसेलका ग्राहकहरूले अब अझै सहज रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन् । यसका लागि एनसेलले विभिन्न तीन मोबाइल वालेटहरूसँग साझेदारी गरेको हो ।

यसका लागि एनसेलले सहकार्य गरेका मोबाइल वालेटहरुमा खल्ती, प्रभु–पे र युनी–पे रहेका छन् । अब यी वालेटका प्रयोगकर्ताले आवश्यकता अनुसार सजिलै विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सकिने एनसेलले जनाएको छ ।

खुद्रा विक्रेताहरूलाई पनि प्याकहरू बिक्री गर्न सक्ने सुविधा प्रदान गरेको एनसेलले जनाएको छ । प्याकअन्तर्गत उपलब्ध हुने डेटा भोलुम सकिए पनि प्याकको समयावधि बाँकी रहेसम्म मेन ब्यालेन्सबाट रकम नकाटिने कम्पनीले जनाएको छ ।

leave a reply